काठमाडौं । रुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिङपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ ।
चीनको विदेश मन्त्रालयले शुक्रवार यस विषयमा जानकारी दिएको छ । प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङमा आज सो कुरा बताएका हुन् ।
बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिङपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने भएको जानकारी दिए ।
उनीहरु बीचमा गत महिनामात्र पनि फोनमा वार्ता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया