नेपालको कोरोना : २ हजार ४ सय ७६ जनामा संक्रमण हुँदा ५ हजार ४ सय ५५ जनाले जिते कोरोना

लोकपथ
273
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल १४ हजार ३ सय ५१ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट १ हजार ७ सय २१ जना र एन्टीजेन विधिबाट ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बितेको २४ घण्टामा थप ५ हजार ४ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?