काठमाडौं । पर्सामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सागढी नगरपालिका-७ फुलबरिया बस्ने १८ वर्षीय किशोरलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय एकटाङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया