ग्रेन्डर मेशिनमा परि एक जनाको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । मोरङमा ग्रेन्डर मेशिनमा परि एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-१० अमर टोलस्थित शान्ति ग्रिल उघोगमा काम गर्ने सोही ठाउँ बस्ने ३२ वर्षीय बिपिन बिश्वकर्माको ग्रीन्डर मेशिनमा परेर शुक्रवार बिहान मृत्यु भएको हो।

काम गर्न क्रममा अचानक लडेर उक्त मिशिनले काट्दा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?