१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ, एक फरार

लोकपथ
273
Shares

काठमाडौं । झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लोकबहादुर र सोही ठाउँ बस्ने ४८ वर्षीय अर्बिन भन्ने ओम घतानी समेतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको हो ।

साथै फरार रहेका ओमको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?