अमेरिकामा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता, स्थानिय भन्छन् -‘९-११ जस्तै लाग्यो’

लोकपथ
749
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकामा १२ तले भवन भत्किँदा ९९ जना मानिसहरू बेपत्ता भएका छन्। बिहीवार मायामीमा भत्किँएको भवनमा परि एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मायामीका मेयरले सङ्घीय सहयोगका लागि अनुरोध गरेका छन्। भवन भत्किनुको कारण प्रस्ट नभएको  तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको थियो।

च्याम्पलेन टावर्स

मायामी डेडकी मेयर डेनीयला लेभिन-काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्।

सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन्।

मायामी

भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो।

खोजीकार्य जारी रहँदा सानो आगलागी भएपनि त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन्।

राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट सङ्कटकाल घोषणा आफूले कुरिरहेको र फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जनाए।

उद्धारकर्ता

भवन भत्किए पछिको अवस्था देखेका व्यक्तिले सीएनएन समाचार संस्थालाई सन् २००१ मा न्यूयोर्कमा दुई वटा टावरमा गरिएको आक्रमणसँग तुलना गर्दै भने, “त्यहाँ ९-११ कै घटना जस्तो देखिएको थियो।”

धुलो उडिसकेपछि हेर्दा भवनको दुई तिहाइ अंश भग्नावशेषमा परिणत भएको उनले बताए।

Rescue workers

  • बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?