६६ जनाप्रतिनिधिले गरे ललितपुर महानगरको नगर सभा बहिस्कार

लोकपथ
98
Shares

ललितपुर । ललिपुर महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभा ६६ जना जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् ।

आज बजेट सार्वजनिक गर्ने क्रममा नेपका एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका हुन् ।

आफूहरुलाई बजेट पूर्व ल्याइएको नीति तथा कार्यक्रम चित्त नबुझेका कारण बजेट बहिस्कार गरेको बताएका छन् ।

ललितपुर महानगरमा कुल ९२ जना जनप्रतिनिधि रहेका छन् । जसमध्ये ६६ जना जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?