सर्वोच्चमा बहस : देउवालाई प्रधानमन्त्री नियुक्त गरेर संसद बोलाउने आदेश जारी गर्नुपर्ने जिकिर

लोकपथ
161
Shares
sf7df8f}F !) h]7 Mg]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf, g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn k|r08nufot k|ltlglw;ef lj36g lj?4 ;f]daf/ /fdzfx kyl:yt ;jf]{Rr cbfntdf l/6 btf{ ug]{ qmddf M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा विपक्षी गठबन्धनबाट कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर संसद बोलाउनेबारे बहस भएको छ ।

आज प्रतिनिधि सभा विघटनको मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले कांग्रेस सभापति देउवालाई नियुक्त गरेर संसद बोलाउने आदेश अदालतले गर्नुपर्ने जिकिर गरे ।

आज कांग्रेस सभापति देउवासहित विपक्षी गठबन्धनका १४६ सांसदले दायर गरेको रिटमा बहस भइरहेको छ ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले भने- “जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छन् । ७६ को ५ अनुसार दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने तर्क हुन सक्दैन ।” उनले थपे- “धारा ७६(५) सांसदहरुलाई दिएको ब्रमास्त्र हो । उपधारा ५ अनुसार सांसदहरुले अन्तिमसम्म पनि सरकार दिएर संसद जोन” ।

त्यसैगरी उनले अहिले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यशैलीले समस्या निम्त्याएको आरोप लगाएका छन् ।

१४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कहाँ उपस्थित भएर सरकार गठन गर्न लिखित आग्रह गरेको सन्दर्भमा देउवालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने दाबी गरे ।

“हिटलर त्यसै जन्मिने होइन । उच्च ओहदामा बसेकाहरुको यस्तै व्यवहारले हिटलर जन्मिने हो” । उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?