दक्षिणकालीमा सन्तोषीको हत्या गर्ने सुरेश तिमल्सिना पक्राउ

लोकपथ
4.4k
Shares

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मंगलवार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक स्थायी ठेगाना भएका अभियुक्त सुरेश तिमल्सिनालाई बिहीवार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

दक्षिणकालीको बसपार्क नजिकै रहेको (प्रयोगमा नआएको) शौचालयमा सलले घाँटी कसेर ढुंगा वा केही गर्‍हौँ वस्तुले उनको अनुहार क्षतविक्षत पारिएको अवस्थामा शव भेटीएको थियो ।

सन्तोषीको पेट सुन्निएको अवस्थामा थियो ।

उनको शव भेटिए नजिकै झोला भेटिएको थियो । उक्त झोलामा सिक्री, टप र मेकअपका सामान, सेनिटाइजर भेटिएको थियो ।

सन्तोषी सुब्बा विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् । चराचुरूङ्गी तथा जीवजन्तुको आवाज निकालेर उनी सामाजिक सञ्जालमा निकै चर्चित थिइन् । काठमाडौंको कालो पुलमा धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर राखेका थिए।

यो पनि : सन्तोषी सुब्बाको हत्या अपडेट : घटनास्थलबाट बसपार्कसम्म कुकुरले पच्छ्यायो ट्रयाक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?