काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुरामणी शर्मा ढकाल सहित तीन जनालाई पक्राउ गरेको छ ।
आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल विरुद्द १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भष्ट्राचार गरेको अभियोगमा पक्राउ गरेको हो । आयोगले बुधबार विशेष अदालत काठमाडौंमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको छ ।
पूर्वमहानिर्देशक शर्मा सहितले सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजश्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेपछि आयोगले छानबिन गरेको थियो । आयोगले गरेको छानबिनका क्रममा शर्माले करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी राज्यकोषको दुरुपयोग गरी १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर कर छुट दिएको प्रमाणित भएको आयोगले जनाएको छ ।
को हुन् चुरामणी शर्मा ?
शर्मा आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक हुन् । उलाई राजश्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा २०७४ असारमा पक्राउ गरिएको थियो । त्यसबेला उनी १ अर्ब रुपैँया बैंक ग्यारेन्टी बुझाएर तारेकमा रिहा भएका थिए । २०७१ सालमा तत्कालिन अर्थमन्त्री रामशरण महतले कर फछ्यौट आयोग गठन गरेका थिए । सो आयोग चार्टड एकाउन्टेन्ड लुम्बध्वज महतको संयोजकत्वमा गठन भएको थियो ।
सो आयोगमा सदस्य चार्टड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए । उनीहरुको आयोगले निजी कम्पनीहरुलाई ९० प्रतिशतभन्दा बढी कर छुट दिएका थिए । त्यस्बेला ४० अर्ब ८३ करोड रुपैंयाको बक्यौतामाथि निवेदन परेको थियो ।
जसमा ३० अर्ब ५२ करोड रुपैयाँ फछ्र्यौट भएको थियो भने ९ अर्ब ५४ करोड रुपैंयाँ मात्रै राज्य कोषमा आएको थियो । फछ्यौट भएको राजश्वबाट करिव ६९ प्रतिशत राजस्व राज्यले गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया