निजी अस्पतालमा उपचार गराउने संक्रमितको खर्च सरकारले नबेहोर्ने

लोकपथ
63
Shares

काठमाडौं । नीजि अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमितको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सूचना जारी गर्दै आगामी दश दिन सम्म मात्रै उपचाररत संक्रमितको उपचार खर्च बेहोर्ने निर्णय गरेको बताएका छन् । सूचनामा भनिएको छ, ‘सेवा सम्झौता भएका अस्पतालहरुमा आजसम्म भर्ना भइ उपचाररत संक्रमितहरुको आजको मितिले दश दिनसम्मको मात्रै नियमानुसार सोधभर्ना उपलब्ध गराउने छ ।’

त्यस्तै नीजि अस्पतालहरुलाई नेपाल सरकारले तोकेको दररेटभन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्न अनुरोध पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?