आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

लोकपथ
133
Shares

काठमाडौं । आज देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

साथसाथै देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?