१. कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु, १० हजार ९ सय ४ परिक्षणमा ३ हजार १ सय ३० जना संक्रमणमुक्त, २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि
२. कोरोनाको डेल्टा भेरियन्टको नयाँ म्युटेसन नेपालमा भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि, नेपालसहित १० देशमा भेटिएको कप्पा भेरियन्ट अझ बढी संक्रामक रहेको विज्ञको भनाई
३. योगाभ्यासलाई दैनिकी बनाई स्वस्थ्य रहन प्रधानमन्त्री ओलीको आग्रह, ऋषिमुनिहरुको तपस्या र साधनाका साथै योगको उद्गमस्थल नेपाल भएकाले यसलाई विश्वव्यापी बनाउन सरकार लागि परेको उल्लेख
४.भोलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो पारिँदै, ट्याक्सी र निजी सवारी जोर विजोर र पसलहरू बार अनुसार खुल्ने, टुटल पठाओले पनि नियमअनुसार भोलिबाटै सेवा दिने
५. नेपाली कांग्रेसको सभापतिका तीन प्रत्यासी विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह बिच पाँच मुद्दामा एक भएर अगाडि बढ्ने सहमति, देउवाको दाबीपछि नयाँ समीकरणका लागि निधिले थाले सक्रियता
६. पार्टी परिवर्तन गरेका स्थानीय र केन्द्रीय तहका नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने माओवादी केन्द्रको निर्णय, स्थानीय तहका १४ सहित केन्द्रीय समितिका केही नेताहरुलाई पार्टी छोडेको भन्दै कारवाही
७. १४ औँ महाधिवेशनमा पुनः सभापतिको प्रत्यासी बन्ने निश्चित गरेका देउवा नेताहरुसँग राय लिँदै, १३औं महाधिवेशन भन्दा यसपटक सहज समय भएकोले जित पक्का रहेको देउवानिकट केन्द्रीय सदस्यको निष्कर्ष
८.सिन्धुपाल्चोकमा बाढी पहिरोले ९३ वटा घरमा क्षति पुगेको विवरण सार्वजनिक, १९ वटा पुलमा क्षति पुगेको प्रशासनको भनाई
९.सरकारले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, यूएई, जापान, मलेसियाबाट उद्धार उडान सञ्चालन गर्ने, रोजगारीका क्रममा ज्यान गुमाएकाको शव, करार अवधि सकिएका, आममाफी पाएका र अन्य समस्यामा परी रोकिएका श्रमिक फर्काउन माग
१०.६५ देखि ७५ वर्षसम्मका वृद्धवद्धा जेष्ठ नागरिकलाई समयमा नै कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट, विभिन्न बहानामा दोस्रो डोज खोप लगाउन आलटाल गरेको भन्दै सुप्रवन्ध परमादेश जारी गर्न माग
११. बर्खायाममा प्राकृतिक विपत्तीका कारण अरु धेरै स्वास्थ समस्या आउन सक्ने विज्ञहरुको चेतावनी, फोहोर पानी र प्रदूषित वातावरणका कारण हैजा, झाडापखाला, आउँ जस्ता रोगबाट बच्न सुझाव
१२. फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने, परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटेसम्बन्धी नीति पारिँदै
१३. कोरोनाको दोस्रो लहर नियन्त्रणउन्मुख हुँदै गर्दा भारतमा तेस्रो लहरको चिन्ता, अक्टोबरमा तेस्रो लहर देखिन सक्ने भन्दै विज्ञहरुले भने, अहिलेदेखि नै तयारी नगरे धेरै क्षति हुनसक्छ ।
१४. टोकियो ओलम्पिक खेलमा रंगशालामै १० हजारसम्म दर्शकलाई उपस्थित हुन दिईने, रंगशालाभित्र ठुल्ठूलो स्वरले कराउन, चिच्याउन वा हुटिङ गर्न नपाइने निर्णय, विदेशी दर्शकलाई प्रतिबन्ध
१५. विश्वकप फुटबल हेर्न जाने १० लाख फुटबलप्रेमीलाई कोरोना खोप लगाइदिने कतारको निर्णय, खोप नलगाएका व्यक्तिलाई रंगशालामा प्रवेश गर्न नदिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया