महाधिवेशन नजिकिएसँगै बढ्यो कांग्रेस नेताहरुको दौडधुप : निधि निवासमा पुगे कोइराला र सिंह

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशन नजिकिएसँगै नेताहरुले भेटघाटलाई तीव्रता दिएका छन् ।

यसैक्रममा आज उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटघाट भएको छ ।

उपसभापति निधि भेट्नका लागि निधि निवास नयाँ बानेश्वरमा कोइराला र सिंह पुगेका हुन् ।

आजको भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रम साथै आगामी १४ औँ महाधिवेशन केन्द्रीत छलफल भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

शुक्रवार र शनिवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आगामी भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको महाधिवेशनको मिति तय गरिएको छ । त्यस्तै आगामी साउन १२ गतेबाट पार्टीको स्थानीय तह साथै प्रदेश र जिल्ला अधिवेशन शुरु हुने समेत निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?