काठमाडौं । मनाङमा यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन् ।
नार्पाभूमी गाउँपालिका-१ नार गाँउस्थित नार आधारभूत विद्यालयमा युकेजी र प्ले ग्रुपका अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका-७ तिल्चे घर भएका ४३ वर्षीय अजय राम गुरुङलाई आइतवार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त विद्यालयमा अध्ययनरत साना छात्राहरुलाई ट्युसन पढ्न आएको अवस्थामा दुर्व्यवहार गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया