काठमाडौं । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तथा सबैमा बहाव सर्तकता तह भन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सर्तकता तहभन्दा तलै हुने पूर्वानुमान गरिएको महाशाखाले बताएको हो ।
त्यस्तै कन्काई, पश्चिम राप्ती लगायतमा बहाव सामान्य रहने, कमला, बागमती, बबई र यसका सहायक नदीमा बहाव केही बढ्ने तथा सबैमा बहाव सर्तकता भन्दा तलै हुने पूर्वानुमान रहेको महाशाखाको भनाई छ ।
हेर्नुहोस् देशभरका नदीमा बाढीको अवस्थाको पूर्वानुमान :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया