आजको मौसम : प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशमा वर्षा हुने

लोकपथ
56
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २ र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ् सहित भारी वर्षा साथै प्रदेश १ का एक/दुइ स्थानमा धेरै भारी वर्षा को सम्भावना रहेको महाशाखाको भनाई छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?