काठमाडौं । चेम्वर अफ कमर्सले सिन्धुपाल्चोक र मनाङ जिल्लाका बाढी पिडितहरुको राहत सामाग्री उपलब्ध गराएको छ ।
केहि दिनदेखि अविरल परेको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट विस्थापित सिन्धुपाल्चोक र मनाङका नागरिकहरुलाई चेम्वरले राहत स्वरुप त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको हो।

उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका बाढीपिडितका लागि चेम्बर अफ कमर्स सिन्धुपाल्चोकका अध्यक्ष भक्तलाल श्रेष्ठलाई चेम्बरका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा चेम्बरका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा र सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
यसैगरी भीषण वर्षाको कारण उत्पन्न बाढीले सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्वु र मनाङमा जनधनको क्षती पुर्याइ त्यस क्षेत्रका बासिन्दाहरु घरवारबिहीन हुन पुगेकाले नेपाल चेम्वरको तर्फबाट अध्यक्ष मल्लले दुख व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया