निलकण्ठ सव-डिभिजन वन कार्यालयका प्रमुख ४० हजार घुससहित कार्यकक्षबाट पक्राउ

लोकपथ
154
Shares

धादिङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको निलकण्ठ सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कार्यालय प्रमुख कृष्णप्रसाद पौडेल सेवाग्राहीसँग घुस लिँदालिँदै नियन्त्रणमा लिएको छ ।

कार्यालय प्रमुख पौडेलले ‘सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भन्दै कागजात तयार गरी वन कार्यालयमा लगेर मुद्दा मिलाउन भन्दै ४०,००० माग गरेको थिए ।

सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट चालीस हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार कार्यालय प्रमुख पौडेललाई उक्त रकमसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?