आँधीखोलामा बगेका थापा मृतावस्थामा फेला

RSS
42
Shares

स्याङ्जा । स्याङ्जाको आँधीखोला तर्ने क्रममा खोलामा बगेका एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

पुतलीबजार नगपालिका–४, राङ्कोषका ५१ वर्षीय टेकबहादुर थापा आज दिउँसो मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?