तार्केश्वर नगरपालिकामा वृहत रक्तदान कार्यक्रम सम्पन्न

लोकपथ
462
Shares

काठमाडौं । निषेधाज्ञामा रगतको अभावका कारण बिरामीलाई समस्या नहोस् भनेर तार्केश्वर नगरपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

तार्केश्वर नगरपालिका र हिमालयन अस्पतालको संयुक्त प्रयासमा तार्केश्वर नगरपालिकास्थित तिनपिप्लेमा आज शनिवार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

तार्केश्वर नगरपालिका ३ को संयोजनमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा तार्केश्वर नगरपालीकाकी उपमेयर भवानी डोटेल, तार्केश्वर ३ का वडा अध्यक्ष मनोहरी तिवारी र वडा सदस्य हरिशरण घिमिरेको उपस्थिति रहेको कार्यालय सहायक उत्तम गजुरेलले लोकपथलाई जानकारी दिए ।

 

No description available.

गजुरेलका अनुसार रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा तार्केश्वर नगरपालिका ३ का वडा अध्यक्ष मनोहरी तिवारीले पनि रक्तदान गरेका थिए ।

 

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?