काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले निःशुल्क एम्बुलेन्स सेवाको उद्घाटन गरेका छन् । पर्सागढी नगरपालिका वडा नम्बर ५ पँचरुखीले खरिद गरेको एम्बुलेन्सको शनिवार एक कार्यक्रमकाबिच सांसद यादवले उद्घाटन गरेका हुन् ।

कोभिड संक्रमितका लागि निःशूल्क एम्बुलेन्स सेवाको उद्घाटन गर्दै सांसद यादवले ग्रामिण क्षेत्रका नागरिकलाई वीरगञ्जसहित अन्य ठाउँमा उपचारका लागि जान एम्बुलेन्स उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘कोभिड १९ को महामारीमा एम्बुलेन्सकै अभावमा धेरैले ज्यान गुमाए । अब यस्तो अवस्था आउन नदिन एम्बुलेन्स सिद्ध हुनेछ ।’

वडा नम्बर ५ ले कोभिड संक्रमित र शंकास्पदका लागि निःशूल्क एम्बुलेन्स सेवा शुरु गरेजस्तै अन्य वडाहरुले पनि सकारात्मक कदमको अनुकरण गर्नुपर्नेमा सांसद यादवले जोड दिए । अन्य स्थानीय तहका वडाहरु गाउँपालिकाले देला भन्ने आशमा बसेको बेलामा वडा कार्यालय आफैले पहल गरेर एम्बुलेन्स खरिद गरी सञ्चालन गर्नु सह्रानीय कार्य भएको जनता समाजवादी पार्टीका नेता समेत रहेका यादवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया