काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको महाशाखाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया