काठमाडौं । नेपाल – चीन सिमानामा रहेको रोङ्छी शहर र सो को आसपासमा भारी वर्षा आएसँगै पहिरो आउँदा नदिको प्रवाह रोकिन गएकोले यसका कारण तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै प्रशासनले सतर्क रहन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले अत्यन्त जरुरी सुचना जारी गर्दै नेपाल चीन सीमा नजिकको वस्ती लगायत तामाकोशी नदीको तटिय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने सम्भावना देखिएको भन्दै सो क्षेत्रमा बसोबास सम्पूर्णलाई सर्तक र सजग रहन आग्रह गरेको छ ।
साथै कुनै खतराको संकेत प्राप्त भएमा सुरक्षित स्थानतर्फ जान पनि भनिएको छ ।
हेर्नुहोस् सुचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया