काठमाडौं । चितवनको गाईघाटमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ओमप्रसाद अधिकारी चढेको गाडी दुर्घटनामा परेको छ ।
नारायणगढ–मुग्लिन सडक अन्तर्गत निर्माणाधीन पुल तथा सडकको अवस्थाका बारेमा अनुगमन गरि भरतपुरतर्फ फर्किरहको प्रहरीको गाडीलाई काठमाडौंतर्फ आइरहेको ना ६ ख ६०११ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले लोकपथलाई बताए ।
ट्रकको ठक्करबाट प्रहरीको गाडीमा सवार ६ जना घाइते भएका र उनीहरूको उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए ।
‘घाइते मध्ये प्रहरी प्रमुख अधिकारी र एक जना जवान डिस्चार्ज भइसक्नु भएको छ भने ४ जनाको उपचार हुँदैछ ।’ डीएसपी थापाले भने ।
ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया