खोलाले बगाएका अधिकारी मृत अवस्थामा फेला

RSS
105
Shares

अर्घाखाँची । खोलाले बगाएर बेपत्ता भएका सन्धिखर्क नगरपालिका–५ का ६७ वर्षीय चोलानाथ अधिकारी मृत अवस्था फेला परेका छन ।

मृतक अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए।

बुधवार दिउँसो मथुरा खोलाले बगाएर बेपत्ता भएका अधिकारीको शव बिहीवार फेला परेको थियो ।

शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?