१. कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ३९ जनाको मृत्यु, २हजार ६०७ जनामा संक्रमण पुष्टि, २ हजार १४१ जना संक्रमणमुक्त
२. प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयले सर्वोच्चलाई पठायो जवाफ ओली र देउवा दुवैले प्रतिनिधिसभामा विश्वासको मत पाउने आधार नदेखिएको उल्लेख
३. प्रतिनिधिसमा विघटन मुद्दामा प्रधानमन्त्री ओलीद्वारा १८ बुँदे लिखित जवाफ पेश, संवैधानिक रूपमा सर्वोच्च अदालतको आदेशअनुरुप संसद विघटन गरेको जिकिर
४. भारतीय सीमाक्षेत्रका बाँध खोलेका कारण यो पटक तराईमा डुबान नहुने प्रधानमन्त्री ओलीको भनाई, नेपाली भूमि डुबेमा संयुक्त टोलीले तत्काल समाधान गर्ने
५. पाँच राजनीतिक दलले संयुक्त वक्तव्य निकालेर सरकारलाई दिए सुझाव, बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न सरकारसँग माग
६. नेपाली कांग्रेस अधिवेशन साउन १२ देखि सुरु हुने , क्रियाशील सदस्यता विवाद मिलाउन असार २० गतेभित्रको समय
७. आधिकारिकता दावी गर्न नागरिकतासहित निर्वाचन आयोगमा जाने उपेन्द्र यादव पक्ष बैठकको निर्णय, ३० सदस्य सशरीर उपस्थित हुने प्रतिक्रिया
८. नेपाल पक्षले ग¥यो खनालको स्वास्थ्यलाभको कामना, प्रकोपमा परेकाहरुको उद्धार र पुनस्र्थापनामा ध्यान दिन सरकारलाई आग्रह, उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन
९. काठमाडौंका घरबेटीले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने, कोरोना महामारीबाट प्रभावित कारदातालाई विशेष कर छुट दिने महानगरपालिकाको घोषणा
१०. सवारीमा जोर–बिजोर र समय तोकेर व्यापार–व्यवसाय सञ्चालन गर्न दिइने गरी जारी निषेधाज्ञालाई स्मार्ट निषेधाज्ञामा परिमार्जन गरिँदै, एक सातामा दुई दिन बिदा दिने गरी योजना बनाईदै
११. कागेश्वरी मनोहरा नगरपालिकाले सिन्धुपाल्चोकका हेलम्बु र मेलम्चीलाई १० १० लाख सहायता गर्ने, काठमाडौं महानगरपालिकाले बाढीपिडितलाई २ करोड रुपैयाँ दिने
१२. बाढीबाट प्रभावित मनाङमा पुगेको सेनाको हेलिकोप्टरले जोखिममा रहेकाहरूको उद्धार गर्न थाल्यो, बाढीका कारण मनाङको ताल गाउँ, चामे लगायतका ठाउँका झन्डै ६ सय जना विस्थापित
१३. खाडीका विभिन्न देश र मलेशियामा अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फर्काउन अर्को हप्ताबाट काम सुरु गरिने, सातामा २,००० यात्रुभन्दा नबढ्नेगरी हवाई उडान सञ्चालन गरिने
१४. १६ वर्षको यात्रापछि मड्रिडबाट विदा भए रामोस, क्लब नछाड्न मेस्सीलाई बार्साको बिन्ती
१५. र, नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जन अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ अन्तर्गतको पिङ पोङ डिप्लोमेसीबाट सम्मानित, टेबलटेनिस मार्फत् महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेकोमा प्रशंसा
https://www.facebook.com/lokpath/videos/198912352001517
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया