काठमाडौं । पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अहिले दिउँसो ३ बजेपछि खुलेको छ ।
पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै बगाएको झण्डै ५० मिटर बगाएपछि अवरुद्ध भएको सडकको पहिरो डोजरले हटाएपछि एकतर्फि रुपमा खुलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्ली नारायण पाण्डेले बताए ।
तीन दिनदेखि मालवाहक ट्रक, दाङ, बाँके बर्दियाका मजदुर घर लिएर हिँडेका सवारी साधन अहिले आ आफ्नो गन्तव्यमा लागेका छन् ।
यता मंगवार मध्यान्हदेखि महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध भएको सडक पनि खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया