धर्मले गरे यस्तो पाप, १२ वर्षपछि कर्तव्य ज्यान मुद्दामा पक्राउ

लोकपथ
203
Shares

काठमाडौं । कैलालीमा कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् ।

कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त टिकापुर नगरपालिका-२ राजुपुर बस्ने ४४ वर्षीय धर्म टमट्टालाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

२०६६ जेठ १४ गते राति धर्म र टिकापुर नगरपालिका-१ बस्ने नबिन जंग शाह समेत ४ जना टिकापुर नगरपालिका-२ खोटेना भुराखानी सामुदायिक वनमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुक पड्किन गई गोली लागेर नबिन जंगको मृत्यु भएको घटनामा संलग्न रही फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले आफ्नै घर
ठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?