दिनभरको मुख्य समाचार के-के छन् ? हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
105
Shares

१. कोरोनाका कारण नेपालमा थप ५२ जनाको मृत्यु, बितेको २४ घण्टामा थपिए २ हजार ८२८ जना संक्रमित, ३ हजार ८२ जना संक्रमणमुक्त

२. अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परी सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, लमजुङ लगायत जिल्लाहरु बढी प्रभावित, सयौं परिवार घरबारबिहीन

३. सिन्धुपाल्चोकको हेलम्बुमा गएराति पहिरोमा परी ज्यान गुमाएका मध्ये ६ जनाको सनाखत, मेलम्ची आयोजनाका ४७ कामदार सहित बाढीमा फसेकाहरुको नेपाली सेनाद्वारा उद्धार

४. मनाङमा निरन्तर परेको अविरल वर्षाका कारण विभिन्न भौतिक संरचनाहरुमा क्षति पुग्यो, प्राइम र प्रभु बैंक रहेको भवन बगायो, प्रहरी चौकीमा समेत क्षति

५. अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा जनधनको व्यापक क्षति, वर्षा र बाढीबारे थाहा पाउन ११५५ र उद्धारका लागि ११४९ मा फोन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोध

६. कास्कीको मादी गाउँपालिका–२ मा रहेको सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगायो, ३०० कामदारको उद्धार

७. मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतमा परिचालित हुन सत्तारुढ नेकपा एमालेद्वारा पार्टीका जनप्रतिनिधि, पार्टी समिति र युवा पङ्क्तिलाई निर्देशन, विपत्तिमा परेकालाई अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

८. उपचारका लागि दिल्ली जानु अघि पार्टी एकता जोगाउन झलनाथ खनालको अपिल, अहंकार त्यागेर पार्टी एकता जोगाउन अनुरोध बिथोलिएको राजनितीक अवस्थाले आफूलाई चिन्तित बनाएको भनाई

९. जसपाका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिबाट उपेन्द्र यादवसहित १६ जनालाई हटाए, कार्यकारिणी समिति हेरफेर गरेको सूचना आयोगमा पठाउने तयारी

१०. गर्मी र वर्षाका बेला हुनसक्ने हैजा रोगबाट जोगिन चिकित्सकको सुझाव, खानेपानीको स्रोत सफा राख्न, ढल व्यवस्थापनमा ध्यान दिन र व्यक्तिगत सरसफाईका लागि अनुरोध

११. निषेधाज्ञाको अवधिमा कोरोनासँग सम्बन्धित बाहेकका बोलपत्र आह्वान नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश, भन्यो, निषेधाज्ञाको अवधि समाप्त भएको मितिले १५ दिनसम्म बोलपत्र आह्वान नगर्नू नगराउनू

१२. हमाससँग भएको युद्धविरामको एक महिना नपुग्दै इजरायलद्वारा गाजामा श्रृङ्खलाबद्ध हमला, हमासका लडाकुले आक्रमणको योजना बनाउन प्रयोग गर्दै आएका स्थानलाई निशाना बनाइएको इजरायली सेनाको दाबी

१३. हीरा भेटिएको हल्लापछि हजारौँ गाउँले मिलेर दक्षिण अफ्रिकाको क्वाहलाथी गाउँको पूरै चउर खनेर सके, भेटिएको पत्थरबारे जानकारी लिन विशेषज्ञको टोली नमूना लिन गाउँ पुगे, खनिखोस्री गर्न सरकारले लगायो प्रतिबन्ध

१४. रोनाल्डोले पानी पिउने गरौँ भन्दै मञ्चमा राखिएका कोकको दुईवटा बोतल हटाइदिँदा कोकाकोलाले एकैदिन गुमायो ४ खर्ब उनानसत्तरी अर्ब, युरो कपको मुख्य प्रायोजक रहेको कोकाकोलाले विज्ञप्ती निकालेर भन्यो हरेक व्यक्तिले आफ्नो स्वाद र आवश्यकता अनुसार पेय पदार्थ रोज्न पाउँछन्

१५. चीनमा आयोजना हुने एसियन कप छनोटको तेस्रो चरणमा नेपालको स्थान पक्का, एएफसीले छनौट प्रक्रिया परिमार्जन गरेसँगै नेपालले ‘प्लेअफ’ खेल्नु नपर्ने

 

https://www.facebook.com/lokpath/videos/338760644281871

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?