काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले शुक्रवार विश्वासको मत लिने भएका छन् ।
जेठ २९ गते संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले असार ४ गते विश्वासको मत लिन लागेका हुन् ।
शुक्रवार नै मन्त्रालयहरुको जिम्मेवारी दिने र प्रदेश सभामा बजेट छलफल अघि बढाउन लागेको स्रोतले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार त्यसका लागि प्रदेश सभा सचिवालयमा सूचना दर्ता समेत भइसकेको छ ।
उनी कांग्र्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चासहित एक स्वतन्त्र सांसदसहित ३१ जनाको बहुमतले मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको एक महिनामा विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार उनले शुक्रवार विश्वासको मत प्राप्त गर्न खोजेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया