सिन्धुपाल्चोक बाढी पीडितलाई साथ दिन स्वास्थ्यमन्त्रीको अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल

लोकपथ
63
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोक बाढी पीडितलाई साथ दिन अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल गरेका छन् ।

मंगलवार सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले ठुलो बाढीले निकै नै धनजनको क्षति गरेको छ । सो बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाउनुको साथै नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण रुपमा उडाएको र नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पू¥याएको स्वास्थ्यमन्त्री तामाङले सामाजिक सञ्जाल मार्फत जानकारी दिदैँ उद्धार तथा राहतमा खट्न सबैलाई आग्रह गरेका हुन् ।

उक्त क्षेत्रमा सरकारले आजै टेण्ट र खाध्यान्न पुर्‍याउने पनि उनले जानकारी दिए । उनले घर बगाएकाहरुलाई आश्रय दिन पनि आग्रह गरेका छन् । खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन पनि उनको अपिल छ । सरकारले आजै निरीक्षण गर्ने उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?