काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताहरु कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम सिफारिस भएको छ ।
सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु घिमिरे र केसीलाई एमिकस क्यूरीका रुपमा सिफारिस गरेको हो।
आज बसेको सर्वोच्च बारको बैठकले अधिवक्ताद्वयलाई एमिकस क्यूरीको रुपमा नियुक्तीको लागि सिफारिस गरेको हो ।
गत जेठ ७ गते मध्यराती प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै त्यसको विरोधमा ३० वटा रिट निवेदनहरु परेका छन् ।
उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले उक्त मुद्दा हेरिरहेका छन् । त्यस्तै उक्त मुद्दा हेर्नका लागि एमिकस क्यूरी गठन गर्न माग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया