युरो कपका दुबै खेलमा आज सबैको नजर : ‘ग्रुप अफ डेथ’मा रहेका दावेदार टोली भिड्दै

लोकपथ
630
Shares

काठमाडौं । युरो कप २०२० अन्तर्गत आज राति दुई खेल खेलिंदै छन्। आज हुने खेलमा समुह ‘एफ’ मा रहेका चार वटै टोलीले प्रतिस्पर्धा गर्दै छन्।

‘ग्रुप अफ डेथ’ अन्तर्गत पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले ‘अण्डर डग’ टिम हंगेरीको सामना गर्दैछ। त्यस्तै आज खेलिने दोस्रो खेलमा युरोपकै दुई बलिया टोली फ्रान्स र जर्मनी आमने सामने हुँदै छन्।

नेपाली समय अनुसार पहिलो खेल राति ९:४५ मा शुरू हुँदैछ भने आजको दोस्रो खेल राति १२:४५ मा किकअफ हुने तालिका रहेको छ।

आजका दुई खेल : 

१ :पोर्चुगलविरुद्ध हंगेरी

समुह : एफ
नेपाली समय : राति ९ : ४५
स्थान : पुस्कस एरेना, बुडापेस्ट, हंगेरी
दर्शक : ६०,००० अपेक्षित
प्लेयर्स टू वाच : क्रिस्टियानो रोनाल्डो (पोर्चुगल), पिटर गुलास्की (हंगेरी)

२: फ्रान्सविरुद्ध जर्मनी

France vs Germany Football National Teams Euro 2021 - YouTube

समुह:  एफ
नेपाली समय : मध्यरात १२:४५
स्थान : एलियान्ज एरेना, म्युनिख, जर्मनी
दर्शक : ३०,००० अपेक्षित
प्लेयर्स टू वाच : किलियन एमबाप्पे (फ्रान्स), सर्ज ग्नाब्री (जर्मनी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?