स्वास्थ्य सामग्री सहयोग

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समिति र गोलन्जोर–काठमाडौं सम्पर्क समितिले सिन्धुलीको गोलन्जोर गाउँ पालिकालाई संयुक्त रुपमा बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

दुवै संस्थाले कोरोना महामारीका बेला नागरिकको स्वास्थ्यलाई ध्यान दिंदै गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको बताएका छन् । ती स्वास्थ्य सामग्रीहरु गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की मार्फत हस्तान्तरण गरिएको नेपाली कांग्रेस सिन्धुली-काठमाडौं सम्पर्क समितिका सचिव अञ्जनी कोइरालाले जानकारी दिए ।

स्वास्थ्य सामग्रीमा मास्क, स्यानिटाइजर, फेस सिल्ड, अक्सिमिटर लगायत रहेका छन ।

 

सो अवसरमा गाउँपालिकाका स्वास्थ्य कार्यालयका प्रतिनिधि बिरेन्द्र साह, शान्ता भण्डारी, नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला उपाध्यक्ष सुमन कोइराला, गोलन्जोर – ३ का वडा अध्यक्ष पुष्कर बराल, नेपाल शिक्षक संघ गोलन्जोरका सचिव अनुप बराल समाजसेवी सन्दीप बराल लगायतको उपश्थिति रहेको थियो । सो अवसरमा अध्यक्ष कार्कीले कोरोना महामारीको अप्ठ्यारो अवस्थामा दुबै संस्थाले गरेको सहयोग महत्वपूर्ण हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?