काठमाडौं । नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । अविरल वर्षाका कारण पानीको सतहले चेतावनीको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नारायणी नदीमा पानीको सतह ७.८ मिटर पुगेको छ । ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह पुगेको मानिन्छ ।
गए रातीबाट परेको अविरल वर्षाका कारण नारायणीमा पानीको सतह बढ्दा डुबान हुने खतरा बढी भएकाले विभागले सावधानी अपनाउन अग्रह गरेको छ ।
नदीमा पानीको बहाव बढेसँगै जिल्ला प्रशासन कार्यालय चितवनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया