काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् ।
संवेदनशील अवस्थामा प्रदेश सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री पोखरेललाई प्रवक्ता शर्माले एक पत्र लेख्दै प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसर आएकोमा त्यसलाई जोगाउन आग्रह गरे ।
कोरोना महामारीको जटिल अवस्थामा प्रदेशका विभिन्न जिल्लामा अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभावमा बिरामीहरुको मृत्यु भएको घटनालाई स्मरण गराउँदै त्यसको निराकरणमा लाग्न सुझाव दिएका छन् ।
‘अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरँहदा सम्झनुनै हुनेछ । यतिबेलाको शासकीय जिम्मेवारी, राजनैतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न भिन्न दुई परवारका यी दुई अनुहार पर्याप्त छन् ।’ शर्माले लेखेको पत्रमा भनिएको छ, ‘समय शंवेदनशील छ, राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ, आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ । त्यसैले ‘छाया‘को होइन ‘ऐना‘ को सुझाव लिनोस् । हेक्का रहोस् तपाइको कर्मसँग पार्टीको आगामी छवी गासिन्छ । तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको । प्रदेश सरकारको औचित्य स्थाििपत गर्ने अवसरलाई सकारात्मत प्राण भर्नुहोस् ।’
यसैगरी पछिल्लो समय राजनीतिक नेतृत्वहरुप्रति युवाको वितृष्णा कम गर्ने गरि काम गर्न समेत सुझाव दिएका छन् ।
‘प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्नुहोस् । तिनको प्रकाशमा रुपान्तरण निश्चित गर्नोस् । राजनीतिप्रतिको वितृष्णा कम गर्न तब योगदान पुग्नेछ । गलत निर्णय नगर्न र सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्नोस् । सति निर्णय गर्न विज्ञलाई सुन्नोस् । जान्नुहुन्छ नै पद आउँछ-जान्छ, स्मृतीमा रहन्छ कर्महरु । इमान पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नोस् ।’ शर्माले मुख्यमन्त्री पोखरेललाई लेखेको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया