स्कूलको शौचालयमा ७ वर्षीया बालिकामाथि बलात्कार

लोकपथ
231
Shares

काठमाडौं । भारतमा ७ वर्षीया बालिकामाथि बलात्कार भएको छ । महाराष्ट्रको नागपुरमा स्कूलको चौरमा खेलिरहेकी ७ वर्षीया बालिमाथि २५ वर्षय पुरुषले बलात्कार गरेका हुन् ।

भारतीय प्रहरीका अनुसार बच्ची स्कूलको ग्राउन्डमा खेलिरहेकी थिइन्, त्यती नै बेला अंकुश भास्कर नाम गरेका पुरुष ग्राउन्डमा आए ।

उनले अचानक खेलिरहेकी बच्चीलाई उठाएर स्कूलको शौचालयमा लगेर बलात्कार गरे । भास्करले बच्चीलाई बलात्कारको बारेमा कसैलाई बताए ज्यान मार्ने धम्की पनि दिएका थिए ।

स्कूल आसपास हिडिरहेका एक पुरुषले बच्ची चिच्याएको आबाज सुनेपछि उनी शौचालय तर्फ गएका थिए । उनलाई देख्ने बित्तीकै भास्कर भागेका थिए ।

७ वर्षीया बालिकाको परिवारले प्रहरीमा उजुरी दिएपछि प्रहरीले भास्करलाई पक्राउ गरेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?