काबुलमा विस्फोट पाँच जनाको मृत्यु, संख्या अझै बढ्न सक्ने अनुमान

RSS
63
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिवार अपराह्नमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालको नजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ ।

यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ ।

यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई वटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?