अफगान राष्ट्रपति र अमेरिकी विदेश दूतबीच काबुलमा भेट

लोकपथ
84
Shares

काबुल । अफगान राष्ट्रपति मोहमद असरफ घानी र अफगानिस्तानका लागि अमेरिकी विदेश दूतबीच काबुलमा भेट भएको छ । उनीहरु बीच आइतवार अफगानिस्तानको राजधानी काबुलमा भेट भएको राजधानी काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

विशेष दूत जालमी खालिजाद अफगानिस्तानको सरकार र यहाँका तालिबानहरुबीचको शान्ति वार्ताका लागि पनि प्रमुख मध्यस्थकर्ताका रुपमा रहेका छन् ।उनीसँगै हालै अफगानिस्तान आएको शान्ति वार्ता सम्बन्धी टोलीका सदस्यहरु पनि रहेका बताइएको छ ।सो टोलीका सदस्यहरु सँगै खालिजादले अफगानिस्तानका राष्ट्रपति घानीसँग आइतवार भेटवार्ता गरेका समाचारमा जनाइएको हो ।

त्यस भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्था र शान्ति वार्ताका विषयमा पनि कुराकानी भएको बताइएको छ । उनीहरुले त्यस क्रममा दुई देशबीचको आर्थिक सहयोगका साथै अरु क्षेत्रीय राजनीतिक विषयहरुमा पनि कुराकानी गरेका बताइएको छ ।

यसका साथै अफगानिस्तानमा केही समय अघि रोकिएको शान्ति वार्ताका विषयमा पनि उनीहरुका बीचका कुराकानी भएको बताइएको छ ।अफगानिस्तानको सरकार र तालिबानबीच केही समयअघि शुरु भएको वार्ता त्यसै स्थगित भएको छ । त्यसपछि अहिले भने तालिबानहरुले अफगानिस्तानमा हिंसात्मक हमलाहरुलाई फेरि पनि निरन्तरता दिएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?