काठमाडौं – नेपाल कोरोनाको दोस्रो महामारीसँग जुधिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६२ हजार १ सय ३७ रहेको छ । कोरोनाको कारण ८ हजार ५ सय ५८ जनाले ज्यान गुमाएका छन् । हालसम्म ६ लाख ३७ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।
कोरोनाको दोस्रो लहरका कारण हायलकायल भएको नेपाल क्रमिक रुपमा तंग्रिदै छ। तर प्राकृतिक विपत्तिका घटना शुरु हुन थालिसकेका छन् । यस्तो अवस्थामा झनै महामारी फैलने खतरा छ । त्यसैले लोकपथले विज्ञहरुसँग कुराकानी गरेर प्राकृतिक विपत्तिका बेला यो महामारीबाट जोखिममा रहेकाहरुले कसरी सावधानी अपनाउने भन्ने सन्दर्भमा केहि उपाय संकलन गरी यहाँ प्रस्तुत गरेको छ ।
-आफूमा कोरोना संक्रमण पुष्टि भएमा आइसोलसनमा बस्नुपर्छ । अनुशासित आइसोलेसन बसाईमा तपाईले छिट्टै कोरोना संक्रमण जित्न सकनुहुन्छ । यदि संक्रमितको सम्पर्कमा आएको भएमा वा परिवारका सदस्यमा कोरोना संक्रमण देखिए आफैँले बुझेर एकान्तबास बस्नुपर्छ । हेलचक्राईँ गर्दा झनै अवस्था भयावह हुन्छ । प्राकृतिक विपत् बारे पूर्व जानकारी भए संक्रमितले सावधानीपूर्वक सुरक्षित आइसोलेसनमा बस्नुपर्छ ।
-बाढी पहिरो डुबानका घटनाहरु छ्याप्छ्याप्ती आमसञ्चार माध्यममा आइरहेका छन् । सामाजिक सञ्जालमा भेटिएका केहि भिडियो क्लिप्समा मानिसहरु भीडभाड गरी नदिको कटान हेर्न निस्कने, ज्यानै जोखिममा राखेर टिकटक बनाउने, भौतिक दूरी कायम नगर्ने, जोखिमकाबीच कटान भइरहेका पुल वारपार गर्नेजस्ता व्यवहारपनि देखिएका छन् । यसो गर्नुहुँदैन । प्राकृतिक विपत् का बेला घरमै बस्ने र सर्तक हुने गर्नुपर्छ । सोच्नुहोस् त तपाई मिसिनुभएको भीडमा कोरोना संक्रमित रहेछन् भने तपाई र तपाईको पुरै परिवार संक्रमणको खतरामा पर्नुहुनेछ । त्यसैले उच्च सावधानी अपनाऔँ ।
-आइसोलेसन बसेका बेला नयाँ पुस्तक पढ्ने, चलचित्र हेर्ने, प्रशस्त आराम गर्ने नियमित खानपान गर्ने गर्नुपर्छ तर धेरै आत्तिने वा आत्मबल कमजोर पार्ने कुनैपनि मनोविज्ञान, भावना बनाउनु हुँदैन । यदी परिवारका सदस्य आइसोलेसनमा बसेको अवस्था छ भने निजलाई माया गर्ने हेरचाह गर्ने र हौसला दिने गर्नुपर्छ ।
-कतिपयले घरमा स्वास्थ्यलाभ गरिरहेको अवस्थामा डाक्टरको परामर्श बिना औषधी सेवन गरिरहेका हुन्छन् । यस्तो बेलामा चिकित्सकको सल्लाहविना अन्धाधुन्ध औषधिको प्रयोग गर्नुहुँदैन ।
-समाजिक सञ्जालको अत्याधिक प्रयोग गर्दा झनै मनस्थिती खल्बलिन्छ । तसर्थ सहि र तथ्यपरक सूचना मात्रै लिनुपर्दछ ।
-आफूले प्रयोग गरेका सामानहरुको उचित व्यवस्थापन गरी सरसफाईलाई विशेष ध्यान दिनुहोस् ।
-चिकित्सक वा अस्पतालको सम्पर्कमा रहने अथवा आफ्नो नजिकको अस्पतालमा बेडको उपलब्धता भए नभएबारे जानकारी लिईराख्नुपर्दछ ।
-धुलिखेल अस्पताल काभ्रमा कार्यरत आँखा विशेषज्ञ डा. टिना श्रेष्ठका अनुसार स्टेरोइड औषधिको जथाभाबी सेवन गर्ने मानिसहरुमा ब्लाक फंगस अर्थात् कालो ढुसीको समस्या पनि हुनसक्छ। त्यसैले आफैँले आफ्नो ख्याल गर्दा पनि निरन्तर चिकित्सकसँग सल्लाह सुझाव लिँदै स्वास्थ्यमा कठिनता देखिए तत्काल अस्पताल जानुपर्छ ।
-अधिकांश मानिसले कोरोनाको रिपोर्ट पोस्ट कोभिड सिम्टम्सको बेवास्ता गर्ने गरेका छन् । तर कोरोना संक्रमणमुक्त भएपश्चात् पनि आफ्नो विशेष ख्याल गर्ने, खानपान, आनीबानी, स्वास्थ्य सुरक्षा अबलम्बन गर्ने गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया