काठमाडौं । पाकिस्तानमा एका बिहानै रेल दुर्घटना भएको छ । पाकिस्तानको सिंध इलाकामा दुइवटा रेल एक आपसमा ठोक्कीएका हुन् ।
दुर्घटनामा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् । घाइते ५० जना मध्ये ६ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको बताइएको छ ।
जियो टिभिका अनुसार मिल्लत एक्सप्रेसको बोगियां अनियनित्रत भएर अर्कै ट्रयाकमा गयो र अर्को दिशाबाट आइरहेको ट्रेनसँग ठोक्कीएको थियो ।
दुर्घटना भएको रेल रावलपिंडीबाट कराची जान लागेको थियो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया