पुष्पतारा केडिया सेवा फाउन्डेसनद्वारा आर्थिक सहयोग

लोकपथ
42
Shares

काठमाडौं । पुष्पतारा केडिया सेवा फाउन्डेसनले नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड रोकथाम तथा नियन्त्रण कोषका लागि आर्थिक सहयोग गरेको छ ।

केडिया अर्गनाइजेसनअन्तर्गतको उक्त संस्थाले कोभिड फण्डलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर, पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपूर्ण योगदान हुने विश्वास फाउन्डेसनले जनाएको छ ।

फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल चेम्बर अफ कमर्सको कोभिड फन्डमा समेत नगद दुई लाख सहयोग गरेको जनाएको छ ।

पुष्पतारा केडिया सेवा फाउन्डेसनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानमा सहयोग पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?