काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची आयोजनाको पानी आगामी असार १ गतेबाट बन्द गर्न लागिएको छ ।
सुरुङमार्गको परीक्षण कार्यविधि-प्रोटोकल पूरा गर्नका लागि मेलम्चीको पानी बन्द गर्न लागिएको हो ।
असार १ गतेबाट पानी भर्न बन्द गरिएपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्ने बताइएको छ । सुरुङ खाली भएपछि विज्ञ र प्राविधिकहरुले सुरुङभित्र गएर त्यसको अवस्थाबारे अध्ययन गर्नेछन् ।
उक्त काम काठमाडौंमा खानेपानी उद्घाटन गर्नुपूर्व नै गर्नुपर्ने भएपनि हतारमा उद्घाटन गरिएका कारण पुनः पानी रोक्नुपरेको सरोकारवालाले बताएका छन् ।
स्रोतले दिएको जानकारी अनुसार परीक्षण गरि सुरुङमा पानी पठाएर काठमाडौंसम्म पानी आइपुग्नका लागि करिब २ महिना जति समय लाग्नेछ । गत वर्षको चैत २५ गतेबाट काठमाडौंको वितरण लाइनमा पानी पठाउन थालिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया