काठमाडौं । सुर्खेतमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
लेकबेशी नगरपालिका-२ साँझे बस्ने ३१ वर्षीय बम बहादुर ठाडामगरको ढुंगा प्रहारबाट बुधवार दिउँसो मृत्यु भएको हो ।
घरायसी विषयमा विवाद हुँदा उनकै दाई ३४ वर्षीय टोप बहादुर ठाडामगरले टाउकोमा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया