रेलको शौचालयमा ८ वर्षीया बालिकामाथि बलात्कार प्रयास, चिच्याएपछि रेलबाटै बाहिर फालिदिए

लोकपथ
763
Shares

काठमाडौं । भारतको महाराष्ट्रमा ३३ वर्षीय एक पुरुषले आठ वर्षीया बालिकालाई ट्रेनको शौचालयमा बलात्कारको प्रयास गरेका छन् ।

प्रतिरक्षाको लागि उनी चिच्याइन् तर ती पुरुषले उनलाई रेलको पट्रीमा फ्याकदिए । मंगलवार स्थानियहरुले रेलको ट्रयाकमा बच्चीलाई देखेपछि उनलाई अस्पताल लगेका थिए ।

ती आठ वर्षीया बालिका आफ्नो आमा बुबा दाइ र भाइसँग दिल्ली जान लागेकी थिइन् ।

३३ वर्षीय पुरुषले उनलाई सुतिरहेको ठाँउबाट शौचालय लगेका थिए र यौन दुर्व्यवहार गर्न थालेपछि उनी चिच्याएकी थिइन् । लगत्तै उनी चिच्याएपछि ति पुरुषले उनलाई रेलबाट तल फालेका थिए ।

उपचाारत बालिकाको अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएका छन् । साथै घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?