बजेटमा चकलेट राजनीति

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले चकलेटमाथि गरेको राजनीतिको अन्त्य गरिदिएका छन् ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत गत वर्ष डा.खतिवडाले गुलियो व्यवसायमा गरेको तितो निर्णयलाई उल्ट्याई दिएका छन् । उनले बजेटमार्फत चकलेटमा लाग्ने भन्सार १० प्रतिशतले बढाइदिएका छन् । आगामी आर्थिक वर्षको आर्थिक अध्यादेशबाट सरकारले कोकोआबाट बनेका चलकेटको भन्सारदर ३० प्रतिशतबाट बढाएर ४० प्रतिशत पुर्‍याएको छ ।

डा. खतिवडाले सबै चकलेटको भन्सारदर एउटै भए पनि व्यक्तिगत स्वार्थमा लाग्दा चालु वर्षको बजेटमा कोकोआ चकलेटको भन्सार दर घटाएर ३० प्रतिशतमा झारेका थिए । डा. खतिवडाको उक्त निर्णय विरुद्ध निकै ठूलो आवाज समेत उठेको थियो । बजेटमा गरिएको यो व्यवस्थाको चौतर्फी विरोध भएको थियो । डा. खतिवडाले यस विषयमा संसदमा जवाफ समेत दिनु परेको थियो । उनको गलत निर्णणलाई यसपालीको बजेटमार्फत अर्थमन्त्री पौडेलले सच्याएका छन् ।

नेपालमा मुख्य गरी कोकोआ पाउडर मिसिएका र चिनीबाट बनेका दुईथरी चकलेटहरु आयात हुँदै आएका छन् । सरकारले कोकोआ पाउडर मिसिएका चकलेटको भन्सार वृद्धि गरेपछि बजेटमार्फत गरेको नयाँ व्यवस्थासँगै अब विदेशबाट आउने कोकोआ मिसिएका चकलेटको भाउ बढ्ने छ ।

खतिवडाको चकलेट राजनीति

नेपालमा विदेशी महंगा चकलेटको बिक्रेता व्यवसायिक घराना विशाल ग्रुप हो । सो ग्रुपले डा.खतिवडालाई प्रलोभनमा पारेर चकलेटको भन्सार घटाउन सफल भएको थियो । डा. खतिवडा कुनै एक समूहको प्रभावमा परी चलकलेटको आयातमा भन्सार घटाएका थिए । त्यति मात्रै होइन,विशाल ग्रुपले बजेट अगाडि विद्युतीय सवारी साधनको भन्सार र अन्तशुल्क बढ्ने सूचना प्राप्त गरेको थियो । जुन सूचनाका आधारमा भन्सारमा अड्किएका विद्युतीय गाडी समेत छुटाएको थियो ।

नेपालको ब्यापार घाटा सँधै उच्च रहँदै आएको छ । व्यापार घाटा घटाउने उदेश्यले डा.खतिवडाले नै महँगा तथा विलासीताका बस्तुको आयातमा प्रतिबन्ध लगाएका थिए । जसका कारण पछिल्लो समय व्यापार घाटा केही मात्रामा घटेको थियो । महँगा र अत्यावश्यक नभएका बस्तुहरुको आयातमा कडाई गरेका डा. खतिवडाले अत्याश्यक नभएको चकलेटको भन्सार घटाएर विशाल ग्रुपलाई व्यवसायिक फाइदा पु¥याएका थिए । त्यति मात्रै होइन,नेपालमै पनि चकलेट उत्पादन गर्ने धेरै कम्पनीहरु छन् । डा. खतिवडाले प्रलोभनमा परी चकलेटमा भन्सार घटाउँदा एकतिर सरकारले राजश्वमा घाटा बेहो–यो भने अर्कोतिर स्वदेशी चकलेट कम्पनीहरुलाई निरुत्साहित गरिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?