काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगोलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएका छन । डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुगी मन्त्री आलेले उपचारका लागि रकम प्रदान गरेका हुन्।
अज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउदा उनि जलेर गम्भीर घाइते भएकी थिइन् । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लक्ष्मीलाई आज मन्त्री आलेको पहलमा नेपाली हेलिकप्टर मार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको छ । मन्त्री आलेले पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो ।
अहिले लक्ष्मीको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए । घटनालगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया