आज पनि कोरोना जित्नेको संख्या धेरै : ६४ सय ९१ संक्रमणमुक्त, थपिए ४ हजार ७ सय संक्रमित

लोकपथ
168
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ४ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ११४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ७ हजार ३ सय ८३ पुगेको छ । हाल नेपालमा १ लाख ६ हजार ४ सय ७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?