काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ सय १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ४ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको छ ।
हाल नेपालमा १ लाख ६ हजार ४ सय ७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया